गण्डकी प्रदेश जिम्न्याष्टिक संघमा योगेन्द्र, कास्कीमा सोम

पाेखरा | असोज ५, २०८१

गण्डकी प्रदेश जिम्न्याष्टिक संघमा योगेन्द्र, कास्कीमा सोम

पोखरा:    गण्डकी प्रदेश जिम्न्याष्टिक संघको शनिवार सम्पन्न प्रथम अधिवेशनले योगेन्द्र  गुरुङको अध्यक्षतामा  निर्विरोध नयाँ कार्यसमिति चयन गरेको छ ।


समितिको उपाध्यक्षमा राजु केसी, महासचिवमा प्रकाशचन्द्र सापकोटा, कोषाध्यक्षमा राजु कायस्थ, सचिवमा श्रीष गुरुङ, सहकोषाध्यक्षमा सिता काफ्ले रेग्मी चयन हुनुभएको छ ।


समितिको सदस्यहरुमा थमन थापा, मनिष श्रेष्ठ, विनोद गुरुङ, रविन्द्र तझ्या, विक्रम केसी, निरु भट्टराई, समिक्षा वुढाथोकी, विशाल पुन र दिलिप गुरुङ चयन हुनु भएको छ ।


यसैगरी कास्की जिल्ला जिम्न्याष्टिक संघको विशेष साधारण सभाले सोमबहादुर साईको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको छ ।


समितिको उपाध्यक्षमा लक्ष्मण आचार्य, महिला उपाध्यक्षमा एनशोभा गुरुङ, सचिवमा गौतम चौधरी, कोषाध्यक्षमा सुर्वणराज पन्त, सहकोषाध्यक्षमा सरस्वती साई चयन हुनुभएको छ ।


समितिको सदस्यहरुमा रोषन पुन, सेजल जोजिजु, मिनबहादुर थापा, अंशु शेर्पा, दिपेश राना, रामबहादुर क्षेत्री, कमला गुरुङ र वालकुमारी गुरुङ चयन हुनुभएको छ ।


कार्यक्रममा निर्वाचन समितिका संयोजक गण्डकी प्रदेश जिम्न्याष्टिक संघका सल्लाहकार केशवशरण पौडेल तथा गण्डकी प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य केशव पाठक, जिल्ला खेलकुद विकास समिति कास्कीका सदस्य राजन वड्गामीले निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सपथ खुवाउनु भएको थियो ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथी गण्डकी प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष ध्वज कुमार गुरुङले जिम्न्याष्टिक संघको क्रियाशिलताले सुस्ताएको खेलले गतिशिलता पाएको बताउनुभयो ।


‘स्रोत र साधान कम छ तर काम धेरै गर्नुपर्नेछ’ उपाध्यक्ष गुरुङले भन्नुभयो, ‘भएका स्रोत र सधानलाई प्रयोग गर्दै खेललाई विस्तार गर्न यहाँहरुको भूमिका महत्वपूर्ण रहेको छ ।’


गण्डकी प्रदेश खेलकुद परिषद् यहाँहरुले गरेका कार्यक्रममा सहयात्र गरेर अघि वढ्न तयार रहेको उहाँले बताउनुभयो ।


गण्डकी प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य केशव पाठकले १० औ राष्ट्रिय खेलकुद महोत्वसवलाई ताकेता गरेर खेलाडि उत्पादन गर्न संघलाई आग्रह गर्नुभयो ।


कास्की जिल्ला खेलकुद विकास समितिका प्रमुख सुनबहादुर लामाले सवै खेलको मदर खेलको रुपमा जिम्न्याष्टिक रहेकोले जिम्न्याष्टिक खेल खेलाउनका लागि व्यवस्थित हलको आवश्यकता रहेको औल्याउनुभयो ।


गण्डकी प्रदेश जिम्न्याष्टिक संघका सल्लाहाकार केशवशरण पौडेलले संस्था गठन भएको छोटो समयमा उत्कृष्ट कार्य गरेको बताउनुभयो ।


गण्डकी प्रदेश जिम्न्यनष्टिक संघका अध्यक्ष योगेन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष राजु केसीले स्वागत र सचिव प्रकाशचन्द्र सापकोटाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्